Kanakai Online

लालपानीमावि भुतपुर्वबाट अक्सिजन प्लान्टमा २ लाख


शनिवार, असार १२, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट निर्माणका लागि लालपानी माविका भुतपुर्व विद्यार्थीहरुको संस्था लालपानी पुर्व विद्यार्थी शैक्षिक विकास ट्रस्ट शिवसताक्षी ७ का विद्यार्थीहरुले संकलन गरेको २ लाख ५ हजार ६ सय ११ रुपैँया विशेष कार्यक्रमका बिच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तानतरण गरेका छन । ्
ट्रस्टका अध्यक्ष नगेन्द्र सुवेदी, सचिव खेम गौतम, सहसचिव प्रदिप उप्रेती, सदस्यहरु दिनेश मैनाली, मोहन प्रसाई लगायातको टोलीले नगरप्रमुख पोखरेल र कनकाई नगरपालिका वार्डनम्बर ५ का वडाअध्यक्ष कृष्ण राईलाई नगरपालिकामा पुगि हस्तानतरण गर्नुभएको हो ।
रकम बुझ्दै लालपानी मावि भौगोलिक अवस्थाका आधारमा हेर्दा शिवसताक्षी नगरपालिकामा पर्ने भएपनि कनकाईको यस कार्यक्रममा सहयोग गरेको भन्दै सहयोगी सबै सदस्यहरुलाई धन्यावाद दिनुभयो । उहाँले नगर वाहिर परेर पनि सहयोग प्राप्त रकम यो नै हालसम्मको सबैभन्दा ठुलो भएको समेत जानकारी गराउनु भयो ।
रकम प्रदान गर्दै सामाजिक संजालमार्फत जोडिएर छोटो समयमानै यो सहयोग गर्न पाइएकोमा समितिका सहसचिव प्रदिप उप्रेतीले खुसी व्यक्त गर्नुभयो । सदस्य दिनेश मैनालीले आगामि दिनहरुमा समेत देशमा महासंकट पर्दा तथा यस्ता रचनात्मक कार्यक्रमहरुमा ट्रस्टले खुलेर सहयोग गर्ने बताउँनुभयो ।
केहि दिनभित्रैमा कनकाई नगर अस्पतालमा संचालनमा आउन लागेको उक्त अक्सिजन प्लान्ट निर्माणका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो सेवा सुविधाबापत १० लाख रुपैँया हालेर यस अभियानको सुरुवात गर्नुभएको थियाृे । हालसम्म यस कोषमा ५० लाख बढी संकलन भइसकेको कनकाई नगरपालिकाले जननाएको छ । लालपानी माविका भुतपुर्व विद्यार्थीहरुद्धारा स्थापना गरिएको यस ट्रस्ट भुतपुर्व विद्यार्थीहरुद्धारा स्थापना गरिएको देशकै पहिलो हो ।

सम्बन्धित खबर