शरणामती,असार ११।झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि वडा-६ मा कनकाई बजार ढलान रु १० लाख,दुर्गा चोकबाट पश्चिम त्रीवेणी चोकसम्म जाने बाटो रु १० लाख र गौरबको आयोजना रु ५० लाख गरेर कुल ७० लाख रुपैयाँ बिनियोजन गरेको छ।
त्यस्तै पालिकाले वडा स्तरबाट संचालन हुने आयोजना तथा कार्यक्रमका लागि वडा नं ६ लाई कुल ५१ लाख बिनियोजन गरेको छ।वडा स्तरबाट संचालन हुने आयोजनाहरु शिक्षा अन्तरगत जनता मावी शैक्षिक सुधारका लागि रु १ लाख ५० हजार,भृकुटी आवि शैक्षिक सुधारका लागि रु १ लाख ५० हजार,चप्रमारी प्रावी र जनआदर्श प्राविका लागि रु ५० हजारका दरले बजेट बिनियोजन गरिएको छ।स्वास्थ्य शिर्षकमा शरणामती आयुर्वेद केन्द्रका लागि रु १ लाख ५० हजार,विपन्न वर्ग स्वास्थ्य बिमा कार्यक्रमका लागि रु २ लाख छुट्याइएको छ।त्यस्तै कृषि तथा सिचाँई अन्तरगत सुरुङ्गा नहरका लागि रु १ लाख,राते होली नहर र सानोमाई नहरका लागि रु ७५/७५ हजार,अगुवा कृषक अभिमुखिकरण कार्यक्रमका लागि रु १ लाख,बेमौसमी तरकारी खेती तथा टनेल निर्माण तालिमका लागि रु १ लाख छुट्याइएको छ।
वडा स्तरबाट संचालन हुने आयोजनामा यातायात पुर्वाधार निर्माण तर्फ बियर फ्याक्ट्री पश्चिम देखि हरी प्रसाद संग्रौलाको घरसम्म जाने बाटोका लागि रु १ लाख ५० हजार,बयरडाँगी पिच देखि देबी कँडेलको घरसम्म जाने बाटोका लागि रु १ लाख,अमरपथ पश्चिम रुद्र बहादुर खड्का तथा पुर्व सन्थाल बस्ती जाने बाटोका लागि रु २ लाख,चन्द्र बहादुर थापाको घर छेउबाट पुल सम्म तथा स्व.लक्ष्मी पौडेलको घरबाट रानी सोरेनको घर सम्म जाने बाटोका लागि रु १ लाख ७५ हजार,बालुबथान बाट बिरिङ खोला जाने बाटो,खानेपानी ट्याङ्की देखि पुर्व जाने बाटो,हर्कमायां मार्ग तथा भक्तमायां मार्ग मर्मत,चन्द्रबस्ती बाट राधाबस्ती जाने बाटो,रानी बन देखि प्रणामी टोल आउने बाटो,कमल गनगाईको घर देखि रानिबन हुँदै नेत्र पौडेलको घर जाने बाटोका लागी रु १ लाख ५० हजार दरले रकम बिनियोजन गरिएको छ।त्यस्तै तामाङ बस्ती उत्तर जाने बाटो,राना मगर सरको घर देखि उत्तर ७ नं वडा सिमाना सम्म जाने बाटोका लागि रु १ लाख को दरले र जेष्ठ नागरिक भवन शरणामती जाने बाटोका लागि रु ७५ हजार र प्रसाईं चौकबाट रानी समुदायीक वन जाने बाटोमा रु ५० हजार बिनियोज गरिएको छ।
त्यस्तै कनकाई बजार ढल निकासमा रु ४ लाख,सानो चप्रमारी अधुरो जेष्ठ नागरिक भवन निर्माणमा रु १ लाख ५० हजार,शनिदेव योग भवन निर्माण र गुरुकुल सत्संग भवन निर्माणमा रु १ लाखका दरले रकम बिनियोजन गरिएको छ।हेम्पाइप खरिदमा रु ४ लाख ५० हजार,फिल्टर मेसिन खरिदमा रु १ लाख ५० हजार,बिपन्न वर्गका लागि विद्युत मिटर खरिदमा रु १ लाख,महिला स्वरोजगार तालिममा रु ५० हजार र वडास्तरीय मर्मत सम्भारमा रु ५ लाख रकम बिनियोजन गरिएको छ।
बिहिबार गाउँपालिका आयोजित बजेट घोषणा कार्यक्रममा गौरबका आयोजनामा रु ७० लाख र वडा स्तरीय आयोजनामा रु ५१ लाख रुपैयाँ माथी उपाध्यक्ष कुन्ती देवी बुढाथोकीले गरेको प्रस्ताबमा नवौं गाउँ सभाले उक्त प्रस्ताब पारित गरेको हो।गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ४५ करोड ७४ लाख ५ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सर्वसम्मत पारित गरेको छ।