कनकाई अनलाईन
रोटरी क्लव अफ सुरुङ्गाको आफ्नो चौथो बर्षको पदस्थापनको अवशरमा यहाँस्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको छात्रा आराम कक्षमा आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।
संस्थाले क्याम्पसको छात्रा कक्षमा आवश्यक पर्ने बेड, दराज, कार्पोट, ऐना लगायातका सामाग्री प्रदान गरिएको रोटरीका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले बताउँनुभयो ।
रोटरीले आफ्नो सामाजिक उत्तरदायिकत्वको कार्यक्रम अन्तर्गत क्याम्पसलाई उक्त सामाग्री सहयोग गरिएको रोटरी क्लव बर्ष २०२१ का अध्यक्ष टिका जम्मरकट्टेलले बताउँनुभयो ।
उक्त सामाग्रीबाट कनकाई बहुमुखी क्याम्पसका छात्राहरुलाई महिनामारी हुदा तथा समस्यमा परेका वेला आरामकक्षमा थप सुविधा थपेको छ ।
कार्यक्रममा कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडाल, क्याम्पस प्रमुख विकास उप्रेती, सुरुङ्गा मेडिकल सेन्टरका प्रमुख यज्ञराज कार्की लगायातको उपस्थिति रहेको थियो ।