Kanakai Online

झापा गाउँपालिकाद्वारा शिक्षा विकास तथा सुधारमा १ करोड ८ लाख


बिहिवार, असार १०, २०७८ |

केशब चापागाईं

कामाटोली,असार १०।झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि सामाजिक विकास अन्तरगत शिक्षा विकास तथा सुधारका लागि १ करोड ८ लाख रुपैयाँ रकम विनियोजन गरेको छ।

बिहिवार गाउँपालिकामा आयोजित कार्यक्रममा पालिका उपप्रमुख कुन्तीदेवी बुढाथोकीले प्रस्ताव गरेको उक्त बजेटलाई नवौं गाउँसभाले पारित गरेको हो।

गाउँपालिकाले शिक्षा विकास तथा सुधार अन्तरगत शिक्षा विकासका लागि रु १० लाख,जनता माविलाई क्याम्पस शिर्षकका लागि रु १० लाख,विद्यालय भौतिक सुधार तथा व्यवस्थापन एवं जनता र डिल्लिराज माविमा निशुल्क प्लस टु शिक्षा कार्यक्रमका लागि रु ६० लाख,कक्षा ९ मा अध्ययन गर्न भर्ना हुने छात्राका लागि साइकल वितरणमा रु २० लाख,विद्यालय संचालन अनुदान रु ३ लाख र विभिन्न प्रकारका छात्रबृत्ती कार्यक्रममा रु ५ लाख रकम बिनियोजन गरेको छ।

गत वर्ष सामाजिक विकास अन्तरगत शिक्षा विकास तथा सुधारमा रु ७६ लाख रकम बिनियोजन गरेको पालिकाले यस वर्ष भने १.४२ गुणा बढी रकम शिक्षा विकास तथा सुधारमा बिनियोजन गरेको छ।

सम्बन्धित खबर