Kanakai Online

प्रज्ञा एकाडमीले दियो नगर सरकारलाई एम्बुलेन्स


बिहिवार, असार १०, २०७८ |

कनकाई अनलाईन

भद्रपुर ९ चन्द्रगढी स्थित प्रज्ञा एकाडेमीले सामाजिक उत्तरदायित्व अन्र्तगत भद्रपुर नगर सरकारलाई अत्याधुनिक क्षमताको कोभिड १९ संक्रमित विरामी बोक्न एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल इशुभ पाण्डेले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई नगर क्षेत्रका कोरोनाका विरामीलाई अस्पतालसम्म निशुल्क ल्याउन लान अक्सिजन सहितको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमणका कारण स्वास्थ्य प्रतिकुल भएर अस्पताल पुग्नु अगाडि विरामीहरूले ज्यान गुमाउनु नपरोस् भन्दै विद्यालयका शिक्षक, कर्मचारी सहित सञ्चालक मिलेर एम्बुलेन्समा लाग्नै सवै खर्च व्यहोर्ने गरी उपलब्ध गराइएको सञ्चालक समितिकी अध्यक्ष माया मैनाली पाण्डेले जानकारी दिइन् । उनका अनुसार एम्बुलेन्स चालकको तलव विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले व्यहोर्ने छन् भने इन्धन तथा मर्मत खर्च विद्यालयका सञ्चालकले व्यहोर्ने छन् ।

विद्यालयका संस्थापक÷प्रिन्सिपल इशुभ पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल भद्रपुर ९ का कार्यबाहक वडाध्यक्ष रामप्रसाद दाहाल लगायतले मन्तव्य राख्दै निजी शिक्षालयहरू व्यापारमुखी मात्र नभएर सेवामुखी हुनु पर्ने धारणा राख्दै भद्रपुर सरकारसित कोरोना परास्त गर्न प्रज्ञाएकाडेमीको भूमिका महत्वपूर्ण भएको विचार व्यक्त गरेका थिए ।

सम्बन्धित खबर