कनकाई अनलाईन
हेल्पिङ हेन्ड रिलाईफ डेभलपमेन्ट नेपाल नामक संस्थाले झापाका ३ ठुला अस्पताललाई एक करोड मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
झापाको कनकाई प्रस्तावित नगर अस्पताल, मेची प्रादेशिक अस्पताल भद्रपुर र शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड महामारीका वेला इण्डोस्कोपी मेशिन, भेन्टिलेटर, मास्क, सेनिटाइजर, आइसियु बेड, अक्सिजन सिलिण्डर लगायातका स्वास्थ्य सामाग्री हस्तानतरण गरेको हो ।
संस्थाले कनकाई नगर अस्पतालमा संस्थाका नेपालस्थित कार्यक्रम निर्देशक जीवा पोखरेल र कार्यक्रम संयोजक आरिफ अन्सारीले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई,प्रमुख प्रशासकिय अधिकृत मोहनकुमार न्यौपाने, अस्पतालका डाक्टर मनिस तिम्सिना लगायातले इण्डोस्कोपी मेशिन लगायातका ४० लाख मुल्य बराबरको सामान हस्तानतरण गर्नुभयो । यसैविच मेची प्रादेशिक अस्पताललाई समेत ३८ लाख शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रलाई २१ लाख मुल्य बराबरको स्वास्थ सामाग्री प्रदान गरिएको नेपालका कार्यक्रम निर्देशक पोखरेलले बताउँनुभयो ।
संस्थाले प्रदान गरेको स्वास्थ्य सामाग्री बुझ्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले संस्थाले स्वास्थ्य महासंकटका वेलामा ठुलो सहयोग पुर्याएको बताउँनुभयो ।
संस्थाले अस्पताल सहयोग कार्यक्रम अन्तर्गत झापा सहित नेपालका सिराहा, दोलखा, काठमाण्डौ, ललितपुर,कपिलवस्तु र कालिकोट गरि ७ जिल्लाका अस्पतालहरुमा अबका केहिदिनभित्रै ५ करोड मुल्यका स्वास्थ्य सामाग्री हस्तानतरण गरिन लागेको कार्यक्रम संयोजक आरिफ अन्सारीले बताउँनुभयो ।
तस्वीर ः कनकाई नगर अस्पतालमा स्वास्थ्य सामाग्री जिम्मा बुझ्दै नगरप्रमुख पोखरेल फोटो लीलाराज झापाली ÷बिर्तामोड
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला