कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि कनकाई माविको भुतपुर्व विद्यार्थी समाज २०३६ बाट नगद १ लाख ५० हजार ७५५ रुपैँया आर्थिक सहयोग भएको छ ।
यो ब्याज कनकाई माविको संस्थापक ब्याज र कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको समेत ब्याज हो ।
उक्त रकम ब्याजका डिल्ली सिटौला,विष्णु मैनाली, तुलसी नेपाल, दिनेश उप्रेती, टिका पाठक, सोभा भण्डारी, रुद्र बोहोरा, उपेन्द्र अधिकारी लगायातले संकलन गरि नगरप्रमुख पोखरेललाई हस्तानतरण गर्नुभयो ।
कनकाई नगरपालिकाद्धारा नागरिकको सहयोगबाटै सुरु गर्न लागिरहेको अक्सिजन प्लान्टमा सहयोग आउनेक्रम जारी रहेको कनकाई नगरपालिकाका बिजय पाठकले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।
कनकाई अक्सिजन प्लान्ट निर्माणका लागि कनकाई अनलाईन तथा कनकाई साप्ताहिकले समेत सुरुवाती समयदेखि अभियान संचालन गर्दै सहयोगी हातहरुलाई आव्हान गरिरहेको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा