कनकाई अनलाईन
उपचारका लागि आवश्यक रकमको अभावमा मृत्यु कुरिरहेको झापा कनकाई नगरपालिका ३ एकान्तटोलका ४५ बर्षिय प्रकाश बुडाथोकी हेम एण्ड माया फाउण्डेशनले २० हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।
लिभरको समस्याका कारण अस्वाभाविक रुपमा पेट फुलेर ओछ्यान परेका बुडाथोकीले उपचारका क्रममा आफ्नो भएको ७ धुुर जमिन समेत बिक्री गरेर हाल आवाश विहीन भई ससुरालीमा बस्दै आएका छन ।
हरेक दुई दिनमा पेटको पानी फ्याकिरहनुपर्ने र ३ महिनापछि अप्रेसनका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बोलाइएपनि उपचारका लागि आवश्यक .रकमको जोहो हुन नसक्नेभने आफु मृत्यु कुर्नुको कुनै विकल्प नभएको प्रकाशले बताए ।
हाल प्रकाशको जीवन वचाउनका लागि देश विदेशबाट नेपाली मनहरुको सहयोग मिलिरहेको छ ।
अमेरिकामा रहेर सामान्य ट्याक्सी चालकका रुपमा काम गर्दै आउनुभएका तेह्रथुम निवासी हेम थापाले हाल आफ्नो हेम एण्ड माया फाउण्डेशन खोलेरै नेपालमा विभिन्न सहयोगको कार्यक्रम गर्दै आउनुभएको छ ।
फाउण्डेशनका झापा जिल्ला अध्यक्ष सुर्य अधिकारी र कार्यसमिति सदस्य निशा पाण्डेले उक्त रकम हस्तानतरण गर्नुभएको हो ।
रकम हस्तानतरण कार्यक्रममा बोल्दै प्रकाश वुडाथोकी वचाउ अभियानका हरि कार्की, ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेटवाल, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीले हेम एण्ड माया फाउण्डेशनको सहयोगबाट बुडाथोकीको जीवन रक्षा गर्न ठुलो योगदान गरेको बताउँनुभयो ।
फाउण्डेशनका झापा अध्यक्ष अधिकारीले फाउण्डेशनले राउटे बस्तीमा समेत १ लाख ५० हजार सहयोग र देशका विभिन्न स्थानहरुमा नमुना बस्ती बसाउने, जाडोमा न्यानो कपडा बितरण लगायातका कामहरु गर्दै आएको जानकारी दिनुभयो ।