Kanakai Online

कनकाईको अक्सिजन प्लान्टका लागि कनकाई एसएलसी २०६५ को १ लाख ३० हजार


बिहिवार, जेठ २७, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि कनकाई माध्यमिक बिद्यालय सुरुङ्गाको एसएलसी २०६५ सालको भुतपुर्व विद्यार्थी समाजले १ लाख ३० हजार १ सय ११ रुपैँया आर्थिक सहयोग गरेको छ । नगरपालिकाले सुरु गरेको अभियानमा सामाजिक संजालबाट जोडिएर विद्यार्थीहरुले सहयोग गरेको नविन सिटौलाले बताउँनुभयो ।
विद्यार्थी समाजका अमन गुप्ता,सुशिल सुवेदी, लक्ष्मण पाठक लगायातको समुहले कनकाई माविका प्रअ कर्ण डाँगी समेतको विशेष आतिथ्यतामा नगरप्रमुख राजेन्द्रकुमार पोखरेललाई उक्त रकमको चेक प्रदान गरेको हो ।

कनकाई नगरपालिकाद्धारा कनकाई नगर अस्पतालमा संचालनमा आउन लागेको अक्सिजन प्लान्टका लागि २ करोड रुपैँया लाग्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
कनकाई नगर अस्पतालमा स्थापना हुन लागेको अक्सिजन प्लान्टका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद १० लाख रुपैँया सहयोग गरिसक्नुभएको छ , २ करोड लागतमा बन्न लागेको अक्सिजन प्लान्टका लागि नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१ मा समेत रकम जम्मा गर्न सक्ने नगरप्रमुख पोखरेलले बताउँनुभएको छ ।

सम्बन्धित खबर