कनकाई अनलाईन
लामो समयदेखि दुबै मृगौला बिग्रिएर चन्दा सहयोगबाटै डाइलोसिस गराउदै आउनु भएकी कनकाई नगरपालिका १ की ४६ बर्षिय रेणुका दर्जीलाई पाथिभरा परोपकार संस्था कनकाई नगरपालिका ३ बाट १० हजार ५ रुपैँया सहयोग हस्तानतरण भएको छ ।
सरकारले निशुल्क घोषणा गरेपनि अस्पतालले निशुल्क उपचार गर्न नमानेपछि गाउँघरमै चन्दा उठाएर दर्जीको नियमित मृगौला डाइलोसिस गरीदै आएको कुरा कनकाई अनलाईन र गोरखापत्र दैनिकमा प्रकाशनमा आएपछि यस क्षेत्रका समाजसेवी दिनानाथ खतिवडाले यसअघि समेत आर्थिक सहयोग गर्नुभएको थियो । खतिवडाकै पहलकदमीमा पाथिभरा परोपकार संस्थाबाट पुन १० हजार रुपैँया आर्थिक सहयोग प्रदान गरिएको हो । खतिवडा परोपकार संस्थाका समेत सचिवल रहनुभएको छ । पाथिभरा परोपकार संस्थाको फेसबुक पेजमा दर्जीको अवस्थाको वारेमा सार्वजनिक गरिएपछि संस्थाका सदस्यहरुबाट स्वर्फुत रुपमा संकलित रकम दर्जीको परिवारलाई हस्तानतरण गरिएको पाथिभरा परोपकार संस्थाका सल्लाहकार लक्ष्मी अधिकारीले कनकाई अनलाईनलाई बताउँनुभयो ।
सहयोग हस्तानतरण कार्यक्रममा संस्थाका सदस्य झलक सिटौला, सल्लाहकार केशव पोखरेल स्थानीय समाजसेवी मात्रिका पोखरेल, पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापाली लगायातको उपस्थिति रहेको थियो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा