कनकाई अनलाईन
सामाजिक अभियान्ताहरुको समुहद्धारा स्थापित एकका लागि एक अभियाननले झापामा स्थापना गरेको अक्सिजन बैंकको औपचारिक उद्घाटन गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बिर्तामोडमा संचालनमा आएको अक्सिजन बैंकको बुधवार उद्घाटन गर्नुभयो ।
अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्न जनस्तरबाट १ करोड ५३ लाख ७५ हजार सहयोग जुटाएको हो । देशभित्र र बाहिर बसेका नेपालीने १ सिलिन्डर बराबर १५ हजारका दरले सहयोग रहेको छ ।
अभियानले ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको र थप २ सय सिलिन्डर ल्याउने तयारी गरेको अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिनुभयो । सिलिन्डर खरिद गरेर बाकी रहेको रकम कोभिड नियन्त्रण कै लागि खर्च गरिने गिरीले बताउँनुभयो । सो सिलिन्डर जिल्लाका अस्पताल , आइसोलेशन सेन्टर र सर्बसाधरणलाई उपलब्ध गराइने अभियानले जनाएको छ ।
अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने जनाएको छ । रिफिलका लागि ८ सय रुपैयाँ लिएर सिलिन्डर उपलब्ध गराइने बताएको छ । अभियानले सरकारी,निजी क्षेत्र र उधोगी ब्यवसायीहरुको सहयोगमा अक्सिजन प्लाण्ट समेत स्थापना गर्ने सोच बनाएको अभियानका संयोजक गिरीको भनाई छ ।
कार्यक्रममा प्रजिअ तिमिल्सिनाले अभियानलाई धन्यवाद दिदै अक्सिजन प्लान्ट स्थापना गर्न आग्रह गर्नुभएको छ । उहाँले महामारीमा सबै क्षेत्रको सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो ।
उद्घघाटन कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख र झापा जिल्ला सहकारी संघले ५ लाख सहयोग रकम उपलब्ध गराएको छ ।