कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि कनकाई नगरपालिका ३ सुरुङ्गा घरभई हाल हङ्गकङ्गमा बसोवास गर्दै आउनुभएका रबि श्रेष्ठ तथा रेनु श्रेष्ठबाट १ लाख १ सय ११ रुपैँया सहयोग प्राप्त भएको छ ।
नगरपालिकाले सुरु गर्न लागेको अक्सिजन प्लान्टका लागि उक्त सहयोग रकम आज कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेललाई प्रदान गर्नुभएको हो ।
कनकाई नगरपालिकाद्धारा कनकाई नगर अस्पतालमा संचालनमा आउन लागेको अक्सिजन प्लान्टका लागि २ करोड रुपैँया लाग्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
कनकाई नगर अस्पतालमा स्थापना हुन लागेको अक्सिजन प्लान्टका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद १० लाख रुपैँया सहयोग गरिसक्नुभएको छ , २ करोड लागतमा बन्न लागेको अक्सिजन प्लान्टका लागि नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१ मा समेत रकम जम्मा गर्न सक्ने नगरप्रमुख पोखरेलले बताउँनुभएको छ ।