कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा संचालनमा आउन लागेको अक्सिजन प्लान्टको लागि कनकाई नगरपालिका ३ सुरुङ्गा घर भई हाल जर्मनीमा रहनुहुने युवा व्यावसायी दिनेश तिम्सिना र उहाको परिवारको तर्फबाट १ लाख ११११ रुपैँया सहयोग गर्नुभएको छ । अब केहि दिनभित्रै कनकाई नगर अस्पतालभित्र संचालनमा आउन लागेको अक्सिजन प्लान्टका लागि स्वदेश तथा विदेशबाट सहयोग आउनेक्रम जारी रहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जनाउनु भएको छ ।
नगरप्रमुख पोखरेलले समेत नगद १० लाख रुपैँया यस कोषमा जम्मा गर्नुभएको छ ।