कनकाई अनलाईन
नेपालकै चर्चित मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर विकास सुवेदीको निधन भएको छ ।
गौतमबुद्ध कार्डियाक इन्टरनेशलन अस्पताल काठमाण्डौका डाक्टर सुवेदीको गएराती आइतवार राती ११ बजे निधन भएको सुरुङ्गा मेडिसिन सेन्टरका प्रोपाइटर यज्ञराज कार्कीले बताउँनुभयो । सुवेदी हरक महिनाको दोस्रो शुक्रवार सुरुङ्गा मेडिसिनमा रहेर यस क्षेत्रका मुटुरोगीहरुलाई काउन्सिलिङ्ग र चेकजाँज गर्दै आउनुभएको थियो । काठमाण्डौ निवासी उहाँको आमा श्रीमती डाक्टर कमला थापा र एक छोरी विपसना सुवेदी रहनुभएको छ ।
सुवेदीको कनकाई आसपासका मात्रै सय जनाभन्दा वढी विरामीहरुको नियमित चेकजाँच गर्दै आउनुभएको थियो । सबैका प्रिय डाक्टर गुमाउनुपर्दा सबैमा ठुलो अपुरणीय क्षति पुगको स्वास्थकर्मी यज्ञराज कार्कीले बताउँनुभयो, सुवेदी गत जेठ १ गतेदेखि कोरोनाका कारण अस्पतालमा भर्ना हुनुभएको थियो ।