Kanakai Online

कोरोना संक्रमित र असाहयलाई लायन्सको खाद्यान्न सहयोग गरिबलाई वरदान


शुक्रवार, जेठ २१, २०७८ |

कनकाई अनलाईन
कोरोना कहरका वेला कनकाईको लायन्सको गरिबलाई खाद्यान्न सहयोग कार्यक्रम वरदान सावित भएको छ ।

लायन्स क्लव अफ कनकाई सुरुङ्गाले यस क्षेत्रमा रहेका कोरोना संक्रमित भई होम क्वारेन्टनमा रहेकाहरुलाई खाद्यान्न सहयोग अभियान सुरु गरेको छ ।
कनकाई नगरपालिका क्षेत्रभित्र रहेका कोरोना संक्रमित भई खानेकुरा संकट परेका २३ परिवारलाई घरमै पुगेर खाद्यान्न सामान र औषधि प्रदान गरिएको कार्यक्रम संयोजक डिआर सुवेदीले बताउँनुभयो ।
आफुहरुले समस्यामा परेकाहरुका लागि सहयोग गर्नका लागि ४ लाख रुपैँया राशीको कोष बनाएको र यसमा स्वदेश तथा विदेशमा रहनेहरुबाट समेत सहयोग संकलन गरि नगरपालिकाभित्र रहेका थप १५ दृष्टिविहीन परिवार र लकडाउन पहिले गाउँगाउँमा गएर मागेर खाने अतिविपन्न ८ परिवारलाई समेत खाद्यान्न सहयोग गरिएको कनकाई लायन्सका संस्थापक अध्यक्ष लीला चिमरियाले बताउँनुभयो ।
लायन्सले अन्य खाद्यान्न सकिएर भोकभोक्कै बस्नुपर्ने परिवारमा समेत लायन्सले राहत वितरण थालेको कनकाई लायन्सका अध्यक्ष मनोज बस्नेतले बताउँनुभयो ।
लायन्सले पछिल्लो समय देशमा लकडाउन भएदेखिनै यो अभियान सुरु गरेको लायन्सका खाद्यान्न वितरणका सहसंयोजक संजय गजुरेलले बताउँनुभयो ।
हाल यस अभियानका लागि हाल अमेरिकामा रहनुहुने कनकाई ३ का कमल श्रेष्ठ र कला श्रेष्ठले २५ हजार रुपैँया सहयोग गर्नुभएको यसैगरि हाल अष्टेलियामा रहनुभएका कनकाई ३ का दुर्गाप्रसाद उप्रेतीले १५ हजार र मकाउमा रहनुभएका देवेन्द्र नेउपानेबाट समेत सहयोग भएको लायन्सका साजन थापाले बताउनुभयो । हाल कनकाई नगरपालिकाभित्रका कोभिड लागेका र नलागेका पनि कसैको खानेकुरा अन्न नभएकै कारण चुल्हो नबलने अवस्था आएमा लकडाउनभर नगरवाशीको चुल्हो बाल्ने जिम्मा पनि कनकाई लायन्सले लिने अभियानकर्मी लीला चिमरियाले बताउँनुभयो ।

सम्बन्धित खबर