Kanakai Online

कनकाईको अक्सिजन प्लान्टका लागि माओवादी केन्द्रकी नेतृको २१ हजार


बुधवार, जेठ १९, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा संचालनमा आउन लागेको अक्सिजन प्लान्ट निर्माणका लागि कनकाई नगरकी माओवादी केन्द्रकी नेतृ तथा गत २०७४ सालको निर्वाचनमा कनकाई नगरकी उपमेयरकी उम्मेद्धार शान्ता अधिकारी झा र उहाँका श्रीमान राजेश झाले एक थान सिलिण्डर अक्सिजन खरिद बराबरको रकम २१ हजार रुपैँया प्रदान गर्नुभएको छ ।
शान्ताले केहिदिन अघि मात्रै कोभिड जित्नुभएको हो । आफुलाई कोभिड १९ ले थला परेको वेला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरलकै कारण आफ्नो ज्यान वचेको बताउँदै नगरका सकरात्मक कामका लागि सबै नगरवाशी एक हुन समेत शान्ताले आग्रह गर्नुभएको छ । शान्ताका श्रीमान राजेश हाल वैदेशिक रोजगारीका क्रममा रोमानिया रहनुभएको छ ।
करिव २ करोड लागतमा कनकाई नगर अस्पतालमा जडान गर्न लागिएको अक्सिजन प्लान्टका लागि कनकाई नगरपालिकाका प्रमुख पोखरेलले आफ्नो तलव सुविधा वापतको १० लाख रुपैँया समेत जम्मा गरिसक्नुभएको छ ।

यस अभियानमा देश विदेशबाट सहयोगी मनहरुबाट सक्दो आर्थिक सहयोग भइरहेको नगरप्रमुख पोखरेलले बताउँनुभयो । सहयोग गर्न चाहनुहुनेले
नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१ मा समेत रकम जम्मा गर्न सक्ने नगरप्रमुख पोखरेलले बताउँनुभएको छ ।
कनकाईको अक्सिजन प्लान्टका लागि कनकाई अनलाईन र कनकाई साप्ताहिकले समेत अभियान संचालन गर्दै आएको छ ।

सम्बन्धित खबर