कनकाई अनलाईन
कनकाई नगरअस्पतालमा संचालनमा आउन लागेको अक्सिजन प्लान्टको संचालनमा यहाँका लालपानी माविका भुतपुर्व विद्यार्थीहरुले सहयोग महाअभियान संचालन गरेका छन ।
आफ्ना विद्यार्थी समाजबाट रकम संकलन गरि कनकाई नगरपालिकाबाट संचालनमा ल्याउन आएको अक्सिजन प्लान्टका लागि आर्थिक सहयोग हस्तानतरण गरिने अभियानका सदस्यद्धय दिनेश मैनाली र प्रदिप उप्रेतीले बताउँनुभयो ।
हालसम्म एक लाख वढी रकम देश विदेशमा रहेका लालपानी माविका भुतपुर्व विद्यार्थीहरुबाट संकलन गरिसकिएको र करिव २ लाख रुपैँया संकलन गरेर हस्तानतरण गर्ने योजना रहेको मैनालीले बताउँनुभयो ।
कोभिड १९ को विषम परिस्थिथिमा कनकाई नगरमा स्थापना हुन लागेको अक्सिजन प्लान्टका लागि लालपानी मा.वि. शिवसताक्षी ७ “लालपानी पूर्व विद्यार्थी शैक्षिक बिकास ट्रस्ट“ मार्फत गरिएको आह्वानमा विद्यार्थीहरुबाट विभिन्न देश विदेशमा बस्ने भुतपुर्व विद्यार्थीबाट सहयोग रकम आउनेक्रम जारी रहेको मैनालीले बताउँनुभयो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ