Kanakai Online

दुबै मृगौला बिग्रिएको दर्जी परिवारमा ५७ ब्याजको सहयोग


सोमवार, जेठ १७, २०७८ |

कनकाई अनलाईन
आफ्ना दुबै मृगौला विग्रिएर औषधि र नियमित डाइलोसिस गर्नका लागि आर्थिक सहयोग गर्दै आएको कनकाई १ को दर्जी परिवारलाई कनकाई माध्यमिक विद्यालय सुरुङ्गाको एसएलसी २०५७ ब्याजले खाद्यान्न सहयोग गरेको छ ।
एसएलसी ब्याज २०५७ का अध्यक्ष दुर्गाप्रसाद भण्डारी, कार्यसमिति सदस्य तथा सहयोग संकलन समितिका व्यावस्थाक समेत रहनुभएका प्रकाश पाठकले कनकाई एकको दर्जी परिवारको घरमै पुगि चामल, दाल, चिउरा, चिनी, नुन, साबुन लगायातका अत्यावश्यक खाद्यान्न सहयोग गरेको हो ।
आफुहरुले ग्रुप म्यासेजबाट सगै अध्यान गर्ने विद्यार्थीबाट सहयोग रकम संकलन गरि कनकाई नगरपालिकामा समस्यामा परेकाहरुलाई सहयोग गरिरहेको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताउँनुभयो । आफ्नो फेसबुक ग्रुपमा हाल करिव ३०० जना आफ्नो व्याजका विद्यार्थी संगठित भएको भण्डारीले बताउँनुभयो ।
यता उक्त ग्रुपमा आव्हान गरेपछि करिव एक लाख रुपैँया सहयोग रकम ुसंकलन भइसकेको र सहयोग रकम आउनेक्रम जारी रहेको ग्रुपका व्यावस्थापक प्रकाश पाठकले बताउँुनुभयो । यता हिजै अध्यक्ष भण्डारी, व्यावस्थापक पाठकले सुरुङ्गा बजारमा होटलमा भाडा माझ्दै आउनुभएकी एक एकल महिलालाई समेत खाद्यान्न सहयोग गरिएको छ । लामो समयदेखि होटल बन्द भएपछि खाद्यान्न संकट झेल्दै आउनुभएकी उक्त एकल महिलालाई उहाँको डेरामै पुगि दाल चामल लगायातको सामान हस्तानतरण गरिएको अध्यक्ष भण्डारीले कनकाई अनलाईनलाई बताउँनुभयो ।
कनकाई माविका विद्यार्थीको उक्त समुहले यसअघि कनकाई नगरपालिकाले सुरु गरेको अक्सिजन खरिदको महाअभियानमा समेत २ थान अक्सिजन सिलिण्डर खरिदका लागि ४२ हजार रुपैँया सहयोग प्रदान गरिसकेको छ ।

सम्बन्धित खबर