Kanakai Online

झापामा शैशव तारा,भर्चुअल गायन प्रतियोगिता हुदै


आइतवार, जेठ १६, २०७८ |

कनकाई अनलाईन

शैशव मन्च नेपालले कोरोना कहरमा घरघरमै रहनुभएका बालबालिकाका लागी भर्चुअल गायन प्रतियोगिताको आयोजना गरेको छ ।
शैशवू भन्ने आदर्श वाक्यका साथ बालबालिकाहरु द्वारै बाल बालिकाको क्षेत्रमा विद्यमान विकृती, विसङ्गती र समस्याको न्यूनिकरण गर्दै स्थानीय तहसगँको सहकार्य समन्वय गरि वाल मैत्री नेपाल श्रृजना गर्ने पवित्र अभियानका साथ अभ्युदय भएको एक राष्ट्रव्यापी बाल स्वयम सेवक सन्जाल ले यो कोरोना को अबस्थालाई लिएर एउटा बालबालिका मा मा भएको प्रतिभालाई प्रस्फुटन गर्न का निमित्त गायन प्रतियोगिता को आयोजना गरिएको शैशव मन्च नेपाल झापा जिल्ला अध्यक्ष टिकाराम बास्तोला ले जानकारी दिनु भयो ।
गायन प्रतियोगिता मा २० बर्ष मुनिका सवै वालवालिकाहरुले प्रतियोगितामा भाग लिन पाउने र यसका लागि जेठ १४ गते बाट अडिसन सुरु भएको, र यस्को अन्तिम मिति जेठ २८ गते सम्म रहेको कुरा पनि अध्यक्ष बास्तोला ले जानकारी दिनुभयो ।
सबै सहभागी हरु बाट उत्कृष्ट टप टेनलाई छनोट गरिने र टपटेनबाटै उत्कृष्ट ४ छनौट गरिने समेत बास्तोलाले बताउँनुभयो । टप ४ लाई जुममार्फत लाइभ गित गाउन लगाएर प्रथम, दोस्रो,तेस्रो, लाई निर्णायक मण्डलले छनोट गरिने कुरा पनि जिल्ला अध्यक्ष टिकाराम बास्तोलाले जानकारी दिनु भएको छ।
यस्को थप जानकारी का लागि सम्पर्क नम्बर ९८१६०६९११७ मा जानकारी लिन सक्ने समेत वास्तोलाले बताउँनुभयो ।

सम्बन्धित खबर