कनकाई अनलाईन
कनकाई नगर अस्पतालमा संचालन भइरहेको कोभिड अस्पतालको आइसुलेशन भवनमा अक्सिजन खरिद गर्नका लागि कनकाई ६ नम्बर वार्ड कार्यालयबाट २१ ह्जार रुपैँया सहयोग भएको छ ।।
उक्त वडा कार्यालयमा रहनुभएका सबै जनप्रतिनिधि र कर्मचारीले एक वटा अक्सिजन खरिद वराबरको रकम २१ ह्जार रुपैँया आजै प्रदान गर्नुभएको कनकाई नगर कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।
कोभिड अस्पतालका लागि वडाअध्यक्ष लक्ष्मी ओली तथा अन्य प्रतिनिधिले रकम संकलन गरि प्रदान गर्नुभएको हो ।