Kanakai Online

कनकाईमा कोरोना संक्रमितलाई वरदान बन्दै लायन्स


बिहिवार, जेठ १३, २०७८ |

कनकाई अनलाईन
तपाईको घर कनकाईमा छ, तपाईलाई कोरोना पोजेटिभ भएको छ । विहान वेलुकीको छाँक कसरी टार्ने भन्ने समस्या छ भने तपाईको घरघरमा एक महिनालाई पुग्ने खाद्य सामाग्री घरमै लिएर लायन्स क्लव अफ कनकाई सुरुङ्गाका सदस्यहरु घरमै आउनेछन ।
आजबाट कनकाई नगरपालिका भित्रका कोरोना संक्रमित र कमजोर आर्थिक अवस्थाका नागरिकको घरघरमा लायन्सले खाद्यान्न सहयोग पुर्याउने अभियानको सुरुवात गरेको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउँनुभयो ।
यस कार्यक्रममा संयोजक समेत रहनुभएका लायन्सका उपाध्यक्ष लायन डिआर सुवेदीका अनुसार आजमात्रै कनकाई नगरक्षेत्रभित्रका ४ घरमा चामल, नुन, तेल, साबुन, दाल, चना लगायातका एक महिनाका लागि आवश्यक सामाग्रीहरु घरघरमै पुर्याइएको छ ।
यो अभियान कोरोना महामारीभरनै संचालन गरिने लायन्स क्लवका अध्यक्ष तथा पत्रकार मनोज बस्नेतले बताउँनुभयो ।
लायन्स क्लवका सदस्यहरुको आम्दामीबाट केहि रकम संकलन गरि आफुहरुले यो अभियान सुरु गरेको कार्यक्रमका सहसंयोजक लायन सन्जय गजुरेलले बताउँनुभयो । कनकाईको यो अभियान जस्तै झापाका अन्य १५ स्थानीय तहमा समेत यस प्रकारको अभियान सुरु गर्न सके कोहीपनि झापाली भोक्कै बस्नु नपर्ने यहाँका समाजसेवीहरुको भनाई छ ।
यता कनकाई लायन्सका संस्थापक अध्यक्ष लीला चिमरिया आफुहरु यस अभियानलाई अन्यत्रसमेत लैजान पहल गर्ने बताउँनुहुन्छ ।
अभियानकर्मीले कोरोना संक्रमित वाहेक आजैका दिन समेत दुबै मृगौला बिग्रिएर सहयोगको याचना गरिरहुनुभएकी कनकाई ३ की सुधा दर्जीकोमा समेत खाद्यान्न सहयोग गरेको छ ।
खासमा दिनभर काम गरेर वेलुकी चामल, तरकारी खरिद गरेर खाने परिवारको कुनै सदस्यमा कोरोना देखा परेमा समाजले पनि हेला गर्ने र काम गर्न नपाउदा पोसिलो खानेकुरा खानुपर्ने वेलामा भोकभोक्कै बस्नुपरेको तितो् यथार्थलाई आत्मसाथ गर्दै लायन्सले यो अभियान संचालन गरेको अध्यक्ष मनोज बस्नेतले बताउँनुभयो ।
लायन्सले विरामीहरुका लागि सामान्य औषधि र केहि थप समस्या भएपनि सहयोग गरिदिने समेत संस्थापक अध्यक्ष चिमरियाले बताउँनुभयो ।

सम्बन्धित खबर