Kanakai Online

झापा गाउँपालिकामा कोरोनाका कारण थप एक को मृत्यु


बिहिवार, जेठ १३, २०७८ |

शरणामती,जेठ १३।झापा गाउँपालिका-५ पुरानो शरणामतीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।७८ वर्षीय राय थरका पुरुषको मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो।

मधुमेह,पोस्टेज र श्वासप्रश्वास सम्बन्धी दिर्घ रोग समेतले पिडित पुरुषको होम आइसोलेसनमै बुधबार राति मृत्यु भएको बिश्वकर्माले जानकारी दिनुभयो।

यो संगै झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ।