शरणामती,जेठ ११।प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्द नेपाल विद्यार्थी संघ झापा गाउँपालिकाले शरणामतीमा राँके जुलुस प्रदर्शन गरेको छ।मंगलबार साँझ निकालिएको जुलुसले शरणामती बजार परिक्रमा गरेको थियो।
शरणामतीको खालिङ चोक देखि सुरु भएको जुलुसले शरणामतीमा रहेको वडा ६ को कार्यालय नजिकै पुगेर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको थियो।’ओली तिम्रा पाराले दु:ख पाए साराले,असैवधानिक संसद विघटन खारेज गर,अधिनायकवाद मुर्दावाद जस्ता नारा लगाउदै हातमा राँको बोकेर नेवि संघले बिरोध जनाएको थियो।
नेपाली कांग्रेसका भातृ संगठनहरु स्थानिय नेविसंघ,तरुण दल र नेपाली कांग्रेसका अग्रज नेताहरुको सहभागीतामा बिरोध जुलुस निकालिएको नेविसंघ झापा जिल्ला सभापती भुवन बुढाथोकीले बताए।