झापा,जेठ ९।देशभरीका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हक अधिकारको संरक्षण गरी सामूहिक सौदा बाज़ी गर्न स्थानीय तह कर्मचारी हक़हित मंच नेपालको केन्द्रीय संयोजन समिति गठन भएको छ ।सोमबार भएको भर्चुअल बैठकमा बेदराज अधिकारीको समयोजकत्वमा गठित १६ सदस्यीय समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व क़ायम गरीएको छ ।
उक्त समितिमा प्रदेश १ बाट सदस्यमा उदय मैनाली र संजु दाहाल चयन भएका छन ।अन्य सदस्यमा प्रदेश २ बाट गौरब लामिछाने र सरोज यादव, बाग़मति प्रदेशबाट निमकिरण डांगी र कबिता चौहान, गंड़कीबाट सुबोध खनाल र युवराज पौडेल, लुम्बिनीबाट ओम राना क्षेत्री र पवन बूढ़ा, कर्णलीबाट रेशम रेगमी र मेघराज खत्री त्यसै गरी सुदूरपश्चिम बाट सूरजप्रसाद जोशी र नीरज धामी रहेका छन ।
उक्त समितिको सदस्य सचिबमा भने बीरबहादुर विस्ट रहेको समितिका सदस्य मैनालीले बताए ।
देशभर संगठन विस्तार गरी छीटै महाधिवेशन गर्ने, विधानलाई अंतिम रूप दिने तथा स्थानीय तहका कर्मचारीको बिधमान समस्यालाई राष्ट्रीय रूपमा उठान गर्दै आफ्नो अधिकारको लागी अगाड़ी बढ़ने कार्यभार सहित गठित समितिले बिगत केही समयदेखी चर्चा मा रहेको कर्मचारीको छाता ऐन संघीय निजामति ऐनमा राखिनु पर्ने स्थानीय तहका कर्मचारी सम्बन्धी ब्याबस्थाहरूलाई समेट्न विभिन्न ट्रेड यूनियन तथा आधिकारिक ट्रेड यूनियन सँग बैठक तथा ज्ञापन पत्र हरू बुझाउने कार्य गरीरहेको समेत मैनालीले बताए ।