झापा,जेठ ९।यतिखेर सामाजिक सञ्जालमा एक तस्बिर भाइरल बनेको छ।तस्बिर भाइरल बन्नुको कारण कोरोना भाइरसले मुलुक आक्रान्त भइरहेका बेला सचेतना दिइने मान्छे बाटै भिडभाड जम्मा गर्दा र एउटै अक्सिजन सिलिण्डरलाई १० जनाले छोएको तस्बिर बाहिरिए पछी सामाजिक सञ्जाल चर्को आलोचना भएको हो।
सर्वसाधारण देखि सेलिब्रेटी र पत्रकार सम्मले यस तस्बिरको खुलेर आलोचना गरि रहेका छन।चर्चित हास्य कलाकार मनोज गजुरेलले यो तस्बिर पोस्ट गर्दै ब्यङ्ग गरेका छन।’
त्यस्तै गोरखापत्र राष्ट्रिय दैनीकका बिर्तामोड संवाददाता लिलाराज झापाली यस्तो भन्छन।
त्यस्तै सेतो पाटी अनलाईन डटकमका झापा संवाददाता बिनोद सापकोटा यस्तो भन्छ्न।
त्यस्तै यसै तस्बिरका बारे स्थानिय प्रदिप उप्रेती यसरी आक्रोश पोख्छन।
यता तस्बिरमा भएका जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले भने सामाजिक सञ्जालमा यस्तो लेखेका छन।
तस्बिरका बारेमा
यो तस्बिर शनिवार झापाको कनकाई नगरपालिकाले सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा राख्नका लागि प्रदेश सरकारले पठाएको अक्सिजन सिलिन्डरको हो।
सोही दिन झापाका विभिन्न अस्पतालहरूलाई प्रदेश सरकारले पठाएका विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको थियो।
तस्बिरमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, पूर्वसांसद तारासम याङ्या, प्रदेश सांसद हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख तथा उपप्रमुख देखिन्छन्।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पठाएका सामाग्री शनिबार नै मेची प्रादेशिक अस्पताल भद्रपुर, स्वास्थ्य कार्यालय झापा, कनकाई नगरपालिकाको कोरोना अस्पताल र शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गरिएको थियो।