मोरङ, जेष्ठ ०७।सुन्दरहरैचा नगरपालिका-३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पुजन राई पक्राउ परेका छन् ।
ऋषिदेव सुक्रबार बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोली घट्ना स्थल पुगेको थियो।उक्त हत्याको घटनामा राईको संलग्नता रहेको पाएसंगै उनलाई पक्राउ गरेको जिप्रका मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले बताउनु भयो ।
प्रहरीका अनुसार पक्राउ परेका राईले धारिलो हतियार बामफोक(दाउ)ले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ।साथै राईले हत्या गर्दा प्रयोग गरेको बामफोक निजकै घरबाट भान्सा कोठाको चाङ माथी फेला परेको प्रहरीले बताएको छ।घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।