काठमान्डौ,जेठ ७।क्याबिनेटले हिजो गरेको निर्णय र सिफारिश वमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्न २४ घण्टे म्याद दिएपछि आज प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने सम्भावना देखिएको छ ।
आजको भोलि २४ घण्टा नबित्दै संविधानको एउटा धाराबाट अर्को धारामा जम्प गरेर नयाँ सरकार गठन गर्न व्यवहारतः १२ घण्टाको समय दिइएको छ ।हिजो राती त्यो काम नहुने भएपछि आज सुक्रबार दिनभरमा वैकल्पिक सरकारमा दावी प्रस्तुत हुने सम्भावनै देखिँदैन ।यता आज नै विश्वासको मतको लागि रातभरिमा कसैले दाबी गर्न नसक्ने ठोकुवाका साथ त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको रोडम्याप स्पष्ट हुँदै गएको छ । स्रोत भन्छ ‘आज सुक्रबार साँझ प्रतिनिधिसभा विघटन हुन सक्छ । अनि १५ गते अध्यादेशबाट बजेट आउँछ ।’
संविधानको धारा ७६ (१) देखि ७६ (५) सम्मको सरकारको नेतृत्व गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पदबाट राजीनामा दिनुभएको छैन । शीतल निवासले पनि यसवारे बोलेको देखिँदैन । यी सबै गतिविधिले संविधानमा लेखिएका धारा सबै सुख्खायामका ढुंगेधाराभन्दा फरक नदेखिएको एकजना राजनीतिक विश्लेषकले बताएका छन् ।यो खबर जन आस्था डट कम बाट लिइएको हो।