मोरङ, जेष्ठ ०६ ।हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार दिउँसो अन्दाजी ३ बजे मोरङको बिराटनगर महानगरपालिका-११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर-१३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका-१ की २५ बर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर -१३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१,७१,५००।– (एकाई लाख एकत्तरहजार पाँच सय) र भारतीय रुपैयाँ २३,०००।– (तेईस हजार) तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राइले कनकाई अनलाईनलाई बताउनु भयो।
त्यस्तै अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोवाइल तथा नगद डिपोजिट रसिद बरामद भएको हो । यसरी ठुलो मात्रामा नगद रकम सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाउने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक राइले जानकारी दिनुभयो ।