Kanakai Online

कनकाई कोभिड अस्पताललाई कनकाईका गणेश सुवेदीले दिए अक्सिजन सिलिण्डर


बिहिवार, जेठ ६, २०७८ |

कनकाई अनलाईन
आफु कोरोना पिडित भएर होम आइशुलेशनमा रहेकै बेला कनकाई नगरपालिका ३ सुरुङ्गाका गणेश सुवेदीले कनकाई नगरपालिकाद्धारा संचालित कोभिड अस्पतालका लागि एक थान अक्सिजन खरिदका लागि नगद २१ हजार रुपैँया प्रदान गर्नुभएको छ ।
सुवेदीले १४ लिटरको अक्सिजन सिलिण्डर र अक्सिजन खरिदका लागि पत्रकार महासंघ प्रदेश नम्बर एकका कार्यसमिति सदस्य तथा कनकाई अनलाईनका सम्पादक प्रकाशक लीलाराज झापाली मार्फत उक्त रकम कनकाई नगरपालिकालाई प्रदान गरेका हुन ।

सुवेदी स्टोरका संचालक समेत रहेका युवा व्यावसायी सुवेदी विगत १३ दिनदेखि कोरोनासग पौठेजोरी खेल्दै हुनुहुन्छ । कोरोना संक्रमित हुदा अक्सिजनको महत्व कति हुदो रहेछ भन्ने आफुले महसुस गरेपछि कनकाई नगरपालिकाद्धारा कनकाई नगर अस्पतालमा संचालित कोभिड अस्पतालका लागि एक थान अक्सिजन सिलिण्डरको रकम प्रदान गरेको सुवेदीले बताउँनुभयो ।
कनकाई नगरपालिकाद्धारा संचालित कोभिड अस्पतलमा अक्सिजन सिलिण्डरको कमि भएको समाचार कनकाई अनलाईनमा प्रकाशन भएपछि अक्सिजन सहयोग गर्नेहरुको सङ्ख्या वढिरहेको छ । कनकाई अनलाईनका सम्पादक लीलाराज झापालीले कोभिड अस्पतालमा अक्सिजनको व्यावस्थापन गर्नका लागि समन्वय गरिरहनुभएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई उक्त गणेश सुवेदीले प्रदान गर्नुभएको रकम पत्रकार लीलाराज झापालीले आजै हस्तानतरण गर्नुभयो । रकम हस्तानतरण कार्यक्रममा कनकाई कोभिड अस्पतालका प्रमुख डाक्टर अभिषेक नायकको समेत उपस्थिति रहेको थियो ।

रकम बुझ्र्दै कनकाई नगर कोभिड अस्पतालकाा लागि अझै केहि थान अक्सिजन आवश्यक रहेकोले सहयोग गर्न सबैसग अनुरोध गर्नुभएको छ ।
अक्सिजनको केहि कमि भएपनि कनकाईमा रहेको कोभिड अस्पताल भने संचालनमा ल्याइएको छ । देश विदेशमा रहेका सबै नेपालीहरुलाई कनकाईको कोभिड अस्पताललाई सहयोग गर्नुहुन पत्रकार झापालीले समेत अनुरोध गर्नुभएको छ ।


फोटो ः माथि कोरोना संक्रमित भएर पनि अक्सिजन सहयोग गर्ने गणेश, सुवेदी सहयोग रकम नगर प्रमुख पोखरेललाई हस्तानतरण गर्नुहुदै पत्रकार लीलाराज झापाली ।

सम्बन्धित खबर