Kanakai Online

निर्माण व्यावसायी राम मैनालीद्धारा कनकाईलाई ३ थान अक्सिजन


बिहिवार, जेठ ६, २०७८ |

कनकाई अनलाईन
कनकाई इन्टरनेशनल विल्डर्स प्रालिका संचालक तथा नेपालका प्रतिष्ठित निर्माण व्यावसायी कनकाई सुरुङ्गा निवासी रामप्रसाद मैनालीले कनकाई नगरपालिकाको कोरोना अस्पतालका लागि ३ थान १४ लिटरवाला ठुलो अक्सिजन प्रदान गर्नुभएको छ ।
मैनालीले प्रदान गरेको अक्सिजन सिलिण्डरलाई कनकाई नगर कोभिड अस्पतालमा राखिसकिएको छ । मैनालीले आफुले निर्माण प्रयोजनका लागि राखेको अक्सिजन कनकाई नगर अस्पताललाई दिनुभएको हो । मैनालीले प्रदान गरेको सिलिण्डर अक्सिजन कनकाई नगर पालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई नगरका डाक्टर अभिषेक नायक लगायातको टोलीले आफै बोकेर अस्पतालमा राखेको हो । मैनाली लगायात यस क्षेत्रका उद्यमी व्यावसयाीहरुले अक्सिजन सिलिण्डर प्रदान गरेपछि कनकाई नगर कोभिड अस्पताल समेत संचालनमा आएको छ । आजबाट सबै तयारी पुरा गरिसकिएको र भोलीबाट कनकाईका होम क्वारेन्टाइनमा बसेका र अस्पतालको आावश्यकता पर्ने बिरामीलाई यहाँ राखिने कनकाई नगर अस्पतालका डाक्टर अभिषेक नायकले कनकाई अनलाईनलाई बताउँनुभयो ।
हाल कनकाई नगरपालिकाको कोरोना अस्पताल २० बेडको बनाइएको छ, अझैपनि ५÷७ थान अक्सिजन कनकाई नगर अस्पताललाई अति आवश्यक परेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।

सम्बन्धित खबर