कनकाई अनलाईन
कनकाई नगरपालिका सुरुङ्गाका उद्यमी युवा दिपक चापागाईँले आफ्नो उद्योगमा रहेको सिलिण्डर ग्यास महामारीका बेला प्रहरी मार्फत जिल्लाका कोरोना संक्रमितहरुका लागि प्रदान गर्नुभएको छ । देशमा अक्सिजनको हाहाकार भइरहेको बेला आफुसग उद्योगमा भएको अक्सिजन ग्यास सिलिण्डर प्रहरीका माध्यमबाट जिल्लाका विरामीहरुका लागि प्रदान गरेको युवा उद्यमी चापागाईँले बताउँनुभयो । देशलाई संकट परेको वेला टुलुटुलु हेरेर बसिरहन सकिएन भोली आफै र परिवार छरछिमेकलाई समस्या आइपर्दा काम लाग्छ, अन्य उद्यमीहरुलाई पनि आफुसग उद्योगमा भएको अक्सिजन ग्यासको सिलिण्डर यो महाविपत्तिमा प्रदान गर्न अनुरोध गर्दछु । चापागाईँले कनकाई अनलाईनसग भने ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा