Kanakai Online

ज्वरो आएमा कोभिडसँगै औलोसमेत जाँच गरौं – रोग नियन्त्रण महाशाखा


मङ्गलवार, जेठ ४, २०७८ |

झापा,जेठ ४ । रोग नियन्त्रण महाशाखाले ज्वरो आएका बिरामीलाई औलो रोगको समेत जाँच गर्न अनुरोध गरेको छ ।

महाशाखाले विज्ञप्ती निकालेर कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि ज्वरो आएका बिरामीको कोभिड परीक्षणमात्र गर्ने गरेकोमा ओलौसमेत जाँच गर्न ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तीमा कोभिड–१९ सम्भावीत स्थानबाट फर्कीएका ज्वरोका बिरामीहरुको औलोसमेत अनिवार्य जाँच गर्दै राष्ट्रिय औलो निवारण कार्यक्रममा सहयोग पुर्याउन आग्रह गरेको छ ।

सम्बन्धित खबर