कनकाई अनलाईन
अष्टेलियामा व्यावसाय गर्दै आउनुभएका कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी दुर्गाप्रसाद उप्रेतीले कनकाई नगर अस्पतालमा रहेको आइशुलेशनका लागि एक थान अक्सिजन खरिदका लागि २१ हजार रुपैँया सहयोग गर्नुभएको छ ।
कनकाई नगरपालिकामा स्थापना भएको कोरोना अस्पतालका लागि आवश्यक अक्सिजनको जोहो हुन नसक्दा संचालनमा कठिनाई भइरहेको कनकाई अनलाईनमा समाचार प्रकाशन भएपछि रोजगारीको लागि विदेशमा रहनुभएका उप्रेतीले कनकाई अनलाईनका सम्पादक तथा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एकका कार्यसमिति सदस्य लीलाराज झापाली मार्फत एक थान १० लिटरको अक्सिजन ग्यास खरिदका लागि सो रकम उपलब्ध गराउँनुभएको हो ।
आजै कनकाई अनलाईनका सम्पादक झापालीले उप्रेतीले प्रदान गर्नुभएको उक्त रकम कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तानतरण गर्नुभयो ।
रकम बुझ्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले उप्रेतीले यसअघि समेत कोरोना कहरका बेला कनकाई नगरपालिकाका नागरिकका लागि खाद्यान्न उपलब्ध गराउनका लागि ठुलो रकम सहयोग गरेको बताउँद्रै एक बर्ष पछि पनि कोरोना कहरकै वेला थप एक थान अक्सिजन खरिद गरेर ठुलो योगदान पुर्याएको बताउँनुभयो । कनकाई नगरपालिकाले संचालनमा ल्याएको आइसुलेशन भवनका लागि थप अझै अक्सिजन आवश्यक रहेकोले स्वदेश तथा विदेशमा रहनुहुने महानुभाव तथा संघ संस्थालाई अक्सिजन सहयोगका लागि आग्रह गर्नुभएको छ ।
फोटोमा माथि दाता दुर्गाप्रसाद उप्रेती र रकम प्रदान गर्दै कनकाई अनलाईन सम्पादक लीलाराज झापाली तस्वीर रोहित कोइराला कनकाई/ नगरपालिकाबाट