कनकाई अनलाईन
कोरोना संक्रमणबाट आज सुरुङ्गा बजारकी एक वृद्धाको ज्यान गएको छ ।
कनकाई ३ निवासी ८५ बर्षिय वृद्धाको आज मेची प्रादेशिक अस्पताल भद्रपुरमा दिउसो साढे २ बजे निधन भएको हो । शवलाई आजै सेनाको टोलीले कनकाई माईमा दाह सस्कार गरेको छ । हालसम्म कनकाई नगरपालिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको र संक्रमितका्े सङ्ख्या ४ सय ८२ पुगेको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।