Kanakai Online

हात्ती खेदाउँदा हात्तीको आक्रमणमा परी एकको मृत्यु ।


मङ्गलवार, जेठ ४, २०७८ |

झापा, जेष्ठ-४ गते ।झापाको मेचिनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको हो ।हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।