Kanakai Online

प्रधानमन्त्रीका जिल्ला वाशीलाई पिडा माथि पिडा, कोरोना कहमा हात्तीको डर


मङ्गलवार, जेठ ४, २०७८ |

कनकाई अनलाईन
कोरोना कहरको चर्को मार खेपिरहेका झापालीहरुलाई जंगली हात्तीले समते पुन सताउन थालेको छ । झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मेचीनगर ९ का ४५ वर्षिय श्याम राई रहनुभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज मंगवार बिहान मेचीनगर ९ स्थित मागुरमारी सामुदायिक बन बिट न.१ बाट निस्किएको एउटा जंगली हात्तीलाई खेदाउने क्रममा राईलाई अचानक हात्तीले आक्रमण गरेको थियो । घाईतेलाई उपचारको लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ६ दिनअघि कमल गाउँपालिका ३ बस्ने ४४ वर्षिय जितबहादुर लिम्बुको समेत रतुवामाई वृक्षारोपणको जंगलमा हात्तीकै आक्रमणमा परी ज्यान गएको थियो ।

सम्बन्धित खबर