सुरुङ्गा, १ जेठ :राष्ट्रिय समाचार समिति (रासस) का झापा कार्यालय प्रमुख चन्द्रकला (अम्बिका) भण्डारीलाई पितृशोक परेको छ । भण्डारीका पिता लोकबहादुरको आज बिहान इलाममा निधन भएको हो ।
इलाम, माङ्सेबुङ गाउँपालिका वडा नं १ तोभाङ निवासी ९५ वर्षीय भण्डारीको निजी निवासमै निधन भएको हो । पत्रकार भण्डारीका पिता दुई महिनाअघि घरमै लड्दा दाहिने खुट्टाको कम्मरमुनिको जोर्नी खुस्किएको थियो । भण्डारीका श्रीमती, पाँच छोरा र नौ छोरी हुनुहुन्छ ।