कनकाई अनलाईन
नेपाली कांग्रेसका नेता झापा कनकाई नगरपालिका ७ निवासी ६० बर्षिय खरेल थरका एक जनाको हिजो बेलुकी साढे ६ बजे निधन भएको छ ।
यो मृत्युसगै कनकाई नगरपालिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।
उहाँलाई थप समस्या भएपछि उपचारका लागि मेची अंञ्चल अस्पताल भद्रपुर लैजानेक्रममा बाटैमा मृत्यु भएको बताइएको छ ।