Kanakai Online

कनकाई नगरप्रमुख, जो संक्रमितको घरघरमा डाक्टर र अक्सिजन लिएर जान्छन


बुधवार, वैशाख २९, २०७८ |

कनकाई अनलाईन
देशमा कोरोना संक्रमणबाट नागरिकहरु आक्रान्त बनिरहेको बेला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल भने नगरका कोभिडका विरामीहरुको घरघरमा चिकित्सक ,आवश्यक अक्सिजन र औषधि लिएर जाने गर्नुभएको छ ।


नगरप्रमुख पोखरेलले बुधवार मात्रै अत्यावश्यक पर्ने ३ परिवारमा अक्शिजन पुर्याएको र नगरपालिकाले राखेको डाक्टर अभिषेक नायकबाट आवश्यक स्वास्थ्य परामर्श समेत गरिएको नगरप्रमुख पोखरेलले बताउँनुभयो । हाल नगरपालिकाले कोभिडका विरामीलाई लक्षित गरेर २० बेडको आइशुलेशन वार्ड समेत संचालनमा ल्याएको छ । नगरपालिकाभित्रका विरामीहरुलाई आवश्यक पर्दा नगरको आइशुलेशन वार्डमा ल्याइने र त्यहाँपनि समस्या भएमा थप उपचारका लागि प्रदेश नम्बर एकको जुनसुक्कै अस्पतालमा उपचारका लागि लैजाने प्रबन्ध मिलाइएको नगरपालिकाका प्रमुख पोखरेलले बताउँनुभयो । यसका लागि नगरपालिकाले निशुल्क रुपमा एम्बुलेन्स समेत तयारी अवस्थामा राखेको छ ।
हाल कनकाई नगरपालकिा भित्र १६० जना सक्रयि कोरोना संक्रमतहिरु रहेका छन् । नगर अस्पतालमा कार्यरत डाक्डर अभिषेक नायकलाई नगरपालकिाले कोभडिको विरामीलाई परामर्स र उपचारको लाग िकामगर्न जम्मिेवारी तोकिएको र डाक्टरले २४ औ घण्टा टेलिफोन र विरामीसग प्रत्यक्ष भेटगरेरै आवश्यक परामर्श र चिकित्सकीय सेवा प्रदान गर्ने कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो । हाल २० जना विरामीलाई आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन गरेको र आवश्यक पर्दा थप गर्दै जाने अधिकारीले बताउँनुभयो । बुधवारबाटै कोरोना वरिामीहरुको उपचारका लाग ि२४ सै घण्टा सेवा दिनेगरि विशेष स्वास्थ्य उद्धार टिमको समेत नगरपालिकाले तयार गरिसकेको नगरप्रमुख पोखरेलले बताउँनुभयो । आफु कोरोनाका कारण थलिएको वेलामा नगरप्रमुख आफै औषधि र अक्सिजन लिएर घरमा आइपुगेको एक कनकाई नगरपलिका १ का उप्रेती थरका कोरोना संक्रमितले बताउँनुभयो । डाक्टर सहित आउनुभएका नगरप्रमुखले थप समस्या हुदा सम्पर्क गर्नुपर्ने नम्बर समेत दिनुभएको छ भने मलाई अक्सिजन समेत छाडेर जानुभएको छ अन्यत्रको समाचार हेर्दा मर्छु कि जस्तो लागेको थियो तर नगरप्रमुखको यो व्यावहारले मलाई थप बल पुगेको छ कोरोना संक्रमितले भन्नुभयो ।अहिलेको प्रमुख प्राथमिकतानै नगरवाशीलाई कोरोनाबाट बचाउनु रहेकोले सबै विकास निर्माण लगायातमा भन्दा नगरपालिकाले नागरिकको स्वास्थमा ध्यान केन्द्रित गरेको नगरप्रमुख पोखरेलले बताउँनुभयो ।

सम्बन्धित खबर