Kanakai Online

तटस्थ रहेन जसपा, बाबुराम(उपेन्द्र पक्षले विपक्षमा मत दिने


आइतवार, वैशाख २६, २०७८ |

कनकाई अनलाईन
२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा जनता समाजवादी पार्टी ९जसपा०का सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने भएका छन् । पार्टी पदाधिकारीहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो । संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा थिए भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा थिए । तर कार्यकारिणी समितिमा बाबुराम–उपेन्द्र पक्षको बहुमत देखिएपछि महन्थ–राजेन्द्र पक्षले तटस्थ बस्ने प्रस्ताव अघि सारेका थिए ।

यो पनि पढ्नुहोस
बालुवाटारमा महन्थ–राजेन्द्रले सुनाए तटस्थ बस्ने निर्णय, प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का
आइतबार बिहान महन्थ–राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए र तटस्थ बस्ने बताएका थिए ।

संघीय परिषद्का संयोजक डा। बाबुराम भट्टराईको निवास, टोखामा बसेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए । डा। बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका नेताहरुले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने धारणा राखेका थिए ।

मध्यमार्गी सहमति खोज्दै सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको नेता राजेन्द्र श्रेष्ठले अनलाइनखबरलाई बताए । उनले अघि भने, ‘तटस्थ बस्न चाहने साथीहरुले तटस्थ बस्न पाउनुहुन्छ । हामी चाहिं विपक्षमा मतदान गर्छौं ।’

सम्बन्धित खबर