मार्तडी,२५वैशाख-नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक हुनुहुन्छ । सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताउनुभयो ।(रासस)


