आइपी भट्टराई
कनकाई नगरपालिकाका कोरोना संक्रमितहरुको स्वास्थ्यलाई ध्यानमा राखेर कनकाई नगर अस्पतालमा अक्सिजन र डाक्टरसहितको २० बेडको आइसुलेशन वार्ड स्थापना भएको छ ।
कोरोनाको दोस्रो लहर चलिरहेको वेला कनकाई नगरपालिकाका नागरिकका लागि हाल नगर अस्पतालको दोस्रो तलामा आइसुलेशन वार्डको स्थापना गरिसकिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललले बताउँनुभयो ।
हाल कनकाईमा सक्रमितका लागि नगरपालिकाले निशुल्क एम्बुलेन्सको सुविधा र घरमै रहने सक्रमितहरुका लागि कनकाई नगरपलिकाका डाक्टर अभिषेक नायकबाट आवश्यक परामर्स सेवा सुरु गरिएको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो । हालसम्म कनकाई नगरपालिकामा ३७३ जनामा कोरोना संक्रमण देखिसकेको र ८ जना कोरोना संक्रमितको समेत कनकाईमा मृत्यु भइसकेको अधिकारीले बताउँनुभयो ।
कोरोना संक्रमितहरुले आवश्यक सहयोग र सल्लाहका लागि डाक्टर अभिषेकको फोन नम्बर ९८५२६३०११९ वा स्वास्थ्यका कोरोना फोकल पर्सन नारायण अधिकारीको सम्पर्क नम्बर ९८२०७०३११६ मा सम्पर्क राख्न समेत नगरपालिकाले सबैसग अनुरोध गरेको छ ।
नगरप्रमुख पोखरेलले नगरपालिकाले घरमै बस्ने संक्रमितहरुका लागि आवश्यक औषधि लिएर सकेसम्म घरघरमै पुगिरहेको समेत बताउँनुभएको छ । नगरवाशीका लागि हामीले २४ औ घण्टा एम्बुलेन्स तयारी अवस्थामा राखेरका छौ २० वेडको आइसुलेशन वार्डपनि तयारी छ नगरप्रमुख पोखरेलले भन्नुभयो । हाल दैनिक २० जनाकै दरले कनकाईमा कोरोना संक्रमण स्थानीय स्तरमै फैलिएको भन्दै स्वास्थ्य मापदण्ड पुरा गर्न र अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्कन समेत कनकाई स्वास्थ्य साखाले नगरवाशीमा अनुरोध गरेको छ । विवाह ब्रतबन्ध लगायातका भोज भतेरका कार्यक्रम समेत यस्तो कोरोना कहरका वेला आयोजना नर्गन समेत सबैमा नगरपालिकाले अनुरोध गरेको छ ।
Trending
- माओवादी केन्द्र कनकाई ३ मा ढुङ्गेल ५ मा पाठक
- राजश्व छलेको ५३ बोरा सुपारीसहित बोलेरो नियन्त्रणमा
- भद्रपुर क्रिकेट मैदानको पिच निर्माण सुरु
- झापाली समाज साउदी अरबद्धारा झापाली विद्यार्थीको छात्रवृति कोषमा पाँच लाख सहयोग
- झापाली समाज युएसएको पहलमा विद्यार्थीलाई छात्रवृत्ति
- दूधे रंगशालामा प्यारापिट
- झापाली समाज युएसद्धारा कनकाई नगरपालिकालाई शववाहन
- डुबेर एकको मृत्यु