Kanakai Online

हल्दिवारी-पानीमा डुबीरहेको अवस्थामा मृत फेला


शुक्रवार, वैशाख २४, २०७८ |

झापा, बैशाख २४ गते । झापाको हल्दिवारी गाउँपालिका-४ का ३३ बर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।

स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको उक्त जनाएको छ ।