Kanakai Online

झापा गाउँपालिकामा १० बेडको अक्सिजन सहितको अस्थायी आइसोलेसन तयार।


बिहिवार, वैशाख २३, २०७८ |

शरणामती,बैशाख २३।झापा गाउँपालिकामा लगातार नयाँ भेरियन्टको कोरोना संक्रमण दर बढ्न थालेपछी अक्सिजन सहितको अस्थायी आइसोलेसन सेन्टर तयार गरिएको छ।झापा गाउँपालिका-६ मा रहेको जेष्ठ नागरिक भवनमा १० बेडको अक्सिजनसहितको आईसोलेसन सेन्टर तयारी गरिएको हो ।

‘अहिले अक्सिजनका ७ सिलिण्डर सहित १० बेडको आइसोलेसन तयार गरेका छौ’ स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले भन्नुभयो “अक्सिजन सिलिण्डर प्रयाप्तरुपमा थप्ने तयारीमा छौ,आवश्यकता परे फेरि बेड थप्दै लैजाने छौ।”अस्थायी आइसोलेसन सेन्टरमा एक एमबिबिएस डाक्टर र दुई नर्षले सेवा दिने बताइएको छ।

२० बेड क्षमताको आइसोलेसन निर्माण गर्ने योजना रहेपनी तत्कालैको लागि १० बेडको तयार पारिएको आइसोलेसन निर्माण समितिका संयोजक केशब बजगाईंले बताउनु भयो।

कोरोना संक्रमणको दोस्रो लहरमा झापा गाउँपालिकामा अहिलेसम्म नयाँ भेरियन्टका संक्रमितको संख्या २९ पुगेको छ।२ जना संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो।

सम्बन्धित खबर