शरणामती,बैशाख २१।झापा गाउँपालिका-६ आदर्शटोलका ७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
रुघा खोकि ज्वरोको लक्षण देखिएपछी गाउँपालिकाको स्वास्थ टिमले मंगलबार १० जनामा एन्टिजेन्ट बिधीबाट गरिएको कोरोना परिक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो।”बिरामी छौ भनेपछी हामी गएऊँ ,टोलका दुई घरका १० जनालाई परिक्षण गरेऊँ,एक घरका ४ जना र संगै छिमेकी परिवारका ३ जनालाई संक्रमण पोजेटिभ देखियो”बिश्वकर्माले भन्नुभयो “संक्रमण देखीनेमा ३ महिला र ४ पुरुष रहेका छन।”
त्यस्तै हिजो सोमबार शरणामतीकै कनकाई बजारका एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।