Kanakai Online

कनकाईमा अत्यावश्यक बाहेकको सेवा स्थगित


मङ्गलवार, वैशाख २१, २०७८ |

सुरुङ्गा,बैशाख २१। कनकाई नगरपालिकाले अत्यावश्यक काम बाहेकका सेवा स्थगित गरेको छ । बैशाख २१ गतेदेखि २६ गतेसम्मका लागि स्थगित गरिएको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिए ।

कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणले सेवा प्रवाहलाई थप जोखिम भएकोले सेवा स्थगित गरिएको बताइएको छ । कनकाई नगर कार्यालय, ९ वटै वडा कार्यालयहरुको अत्यावश्यक सेवा स्थगित गरिएको छ ।

सम्बन्धित खबर