कनकाई अनलाईन
बिर्तामोड, वैशाख २१ गते ।झुठा विवरण पेश गरी गैह्र नेपाली नागरिकलाई नेपाली नागरिकता बनाई दिएको आरोपमा प्रहरीले प्रक्राउ गरेका बिर्तामोड नगरपालिका ८ का वडाअध्यक्ष अजय कार्की ९ लाख धरौटीमा छुटेका छन ।
जिल्ला प्रशासन कार्यालय २०७६ साल भदौ ८ गते ग्रैह नेपालीलाई झुठो बिवरण पेश गरि नागरिकताको सिफारिस दिएको भन्दै पक्राउ पुर्जी काटेपछि तत्कालिन समयका वडाअध्यक्ष कार्की फरार रहेका थिए । कार्कीमाथि अदालतबाट समेत पक्राउ पुर्जी काटिएको झापाका प्रहरी प्रवक्ता प्रनाउ राकेश थापाले बताउँनुभयो । हालसम्म फरार रहेका वडाअध्यक्ष कार्कीलाई सोमवार प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ पछि अदालतमा पेश गरेको र अदालतबाट ९ लाख रुपैँया धरौटी माग भएकोले सो धरौटी जम्मा गरि कार्की तारेखमा छुटेको प्रहरी प्रवक्ता थापाले बताउँनुभयो ।