कामाटोली,बैशाख २०।झापा गाउँपालिका-२ नेपाल भारत सीमामा अवैधरुपमा भारतीयलाई नेपाल प्रवेस गराउने एक व्यक्ति पक्राउ परेका छन।पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-४ रंगियाथान निवासी गोविन्द माझी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
माझीले सीमामा मकैबारीको चोर बाटो गरेर प्रत्येक भारतीयलाई नेपाल प्रवेस गराए बापत जनही एक हजार रुपैयाँ लिने गरेको खुलेको छ।गत शनिवार ५ जना भारतियलाई समेत उनले नेपाल प्रवेस गराएको सशस्त्र प्रहरीले बताएको छ।माझिले आफुँले एक हजार रुपैयाँ समेत लिएको स्विकारेका छन उनले भनेका छन “मलाई बिर्तामोड मानन्धर चौकका केदार राजबंशीले सिमामा आएका भारतियलाई चोरबाटो गरेर नेपाल प्रवेश गराउनु प्रत्येक मानिस बापत एक हजारका दरले दिन्छु भने बमोजिम मैले गरेको हुँ।”
आइतबार तीन जना भारतियलाई नेपाल प्रबेस गराउँदै गर्दा माझीलाई सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको कमाण्डमा रहेको टोलीले प्रकाउ गरेपछी यो रहस्य खुलेको हो।पक्राउ परेका माझीलाई कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बुझाइएको शसत्र प्रहरी बल नेपाल नं २ गणका सुचना अधिकारी प्रेम भण्डारीले बताएका छ्न।यता नेपाल प्रवेस गर्दै गरेका भारतियलाई भने एसएसबीको टोलीलाई बुझाइएको बताइएको छ।
अहिले झापाका अधिकांस सिमाक्षेत्रमा कडाइ गरिएको छ।कोरोना संक्रमण फैलन नदिन सिमा नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ।