Kanakai Online

निषधाज्ञामा झापा गाउँपालिकामा के गर्न पाईने के गर्न नपाईने


आइतवार, वैशाख १९, २०७८ |

कामाटोली,बैशाख १९।झापा गाउँपालिकामा आइतबार बसेको विपद व्यवस्थापन समितिको बैठकले बिभिन्न कुराको निर्णय गरेको छ।

समितिले जिल्ला प्रशासन कार्यालयबाट गत सुक्रबार जारी निषेधाज्ञा आदेशलाई पुर्णरुपमा पालना गर्ने निर्णय गरेको छ।त्यस्तै कोभिड १९ को बढ्दो प्रकोपलाई मध्यनजर गर्दै २० बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन झापा गाउँपालिका-६ स्थित जेष्ठ नागरिक भवनमा निर्माण गर्ने निर्णय गरेको छ।

समितिले झापा गाउँपालिकामा संचालित बैंक,वित्तीय संस्था,सहकारी संस्थाहरु तथा झापा गाउँपालिका माताहतका कार्यालयहरुमा अत्यावश्यक सेवा बाहेकका कार्यहरु स्थगित गर्ने र अत्यावश्यक सेवामा समेत कर्मचारीको अवस्था हेरी आलो-पालोको व्यवस्था मिलाउने निर्णय गरेको छ।त्यस्तै हाटबजार भने २० गते देखि २६ गते राती १२ बजे सम्म पुर्णरुपमा बन्द गर्ने र अत्यावश्यक किराना पसल,साग सब्जी,खाद्यान्न साम्रगी जस्ता विक्री गर्ने पसलहरु दैनीक बिहान ६ बजे देखि ११ बजे सम्म तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरि संचालन गर्न पाइने समेत निर्णय गरेको स्थानिय विपद फोकल पर्सन दिपेन्द्र न्यौपानेले कनकाई अनलाइनलाई बताए।नर्णयमा औषधि पसल र स्वास्थ्य साम्रगीका पसल भने नियमित संचालन गर्न पाइने जनाइएको छ।

बैठकले अन्य व्यवस्थाहरु भने जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार गर्ने गराउने निर्णय गरेको छ।

सम्बन्धित खबर