Kanakai Online

कचनकवल गाँउपालिकामा करेन्ट लागेर एक बृद्धाको मृत्यु


शनिवार, वैशाख १८, २०७८ |

झापा, बैशाख १८ । झापाको कचनकवल गाँउपालिकामा करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ ।

मृत्युुहुनेमा कचनकबल गाउँपालिका २ की ७३ वर्षीया गङ्गादेवी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बस्नेतको शनिबार दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

सम्बन्धित खबर